Techie IT
  • २०८१ वैशाख १२, बुधबार

नेम्वाङको निधनबाट मर्माहत छु : प्रधानमन्त्री प्रचण्ड


प्रधनमन्त्री प्रचण्ड । फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री प्रचण्डले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन्।  उनले लेखेका छन् : ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट