Techie IT
×
गृहपृष्ठसमाचारचिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप

चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप


सिरहा, ५ असार । चिकित्सकको लापरबाहीका कारण प्रसुतीको मृत्यु भएको भन्दै मृतक परिवारले चिकित्सकमाथि कार्वाही गर्न मा गरेका छन् ।

लहानस्थित लिलामदन पोलिक्लिनिकमा प्रसुती गराउन आएकी सप्तरीको खडक नगरपालिका ३ की २३ बर्षीया मौसम खातुनको आज विहान मृत्यु भएको हो । चिकित्सकको लापरबाहीका कारण खातुनको मृत्यु भएको भन्दै चिकित्सकमाथि कार्वाहीको माग गरेका हुन् ।

करिब २५ दिनअघि लिलामदन पोलिक्लिनिकमा पेटको शल्यकिया गराएकी खातुनको दुई वटा टाँका चुडेपछि पुनः उपचारको लागि लिलामदनमै ल्याईएको थियो । चिकित्सकले खातुनलाई पुनः शल्यक्रिया गर्नुपर्ने भन्दै दोश्रो पटक शल्यक्रिया गर्ने क्रममा लापरवाही गरेकोले मृत्यु भएको मृतकको परिवारजनले बताएका छन् ।

आफैले शल्यक्रिया गरेको पेटमा पुनः रकम कमाउने लोभमा शल्यक्रिया गर्न खोज्दाँ यस्तो अप्रिय घटना भएको आरोप लगाउँदै पुनः शल्यक्रियाका लागि रु. ३० हजार नगद लिएको आरोप समेत लगाएको छ ।

खातुनको मृत्यु भए लग्तै लिलामदनका चिकित्सक डा. दिलिप साह फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक शरत कुमार थापा क्षेत्रीले घटना बारे अनुसन्धान भईरहेको बताए ।
यता प्रसुतीको मृत्यु भएको लिलामदन पोलिक्लिनिक सम्बन्धित निकायमा दत्र्ता नरहेको पाइएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईले उक्त पोलिक्लिनिक बिना दत्र्ता रुपमा सञ्चालन भईरहेको आफुले पनि जानकारी पाएको र कार्वाहीको लागि मेडिकल काउन्सिलसँग पनि कुराकानी भईरहेको बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस