बुटवलको कोरोना विशेष अस्पतालमा दुईजना संक्रमितको मृत्यु
बुटवल, ६ कात्तिक । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाचीको पाणिनी गाउपालिका –७ का ३८ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको हो । कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए । अर्घाखाचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको हो । उनी असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए ।
क्याटेगोरी :
समाचार,
लुम्बिनी प्रदेश
ट्याग : #breaking,
#Corona