Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा


सुनसरी, २५ भदौ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  

प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग अधिकार नै नभएको विभागका उनले बिजुलीको महशुल संकलन गरी हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

सो सम्बन्धी उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अधिकृत साहले प्रतिष्ठानको हातामा संचालनमा रहेका विभिन्न व्यवसायीहरुबाट विद्युत महशुलवापतको रकम रु ३३ तेत्तीस लाख २० हजार २२६ रुपैयाँ उठाई विद्युत महशुल सम्बनीधि सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अख्तियारको ठहर छ ।

साहले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ। साहउपर बिगो ३३ लाख २० हजार २२६ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) को (छ) बमोजिम कैद सजाय र जरिवाना हुन तथा हानिनोक्सानी भएको बिगोसमेत निजबाट असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट