Techie IT
×
गृहपृष्ठसमाचारदलित समुदायमाथि भएको घटनाको दलित संघद्वारा भत्र्सना

दलित समुदायमाथि भएको घटनाको दलित संघद्वारा भत्र्सना


सप्तरी, ५ असार । रुकुम पश्चिमससहित बिभिन्न जिल्लामा पछिल्लो समय जातीय बिभेदकै कारण दलित समुदायमाथि भएका घटनाहरुको नेपाल दलित संघ सप्तरीले भत्र्सना गरेको छ । संघका अध्यक्ष भुवनेश्वर साफीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटना र धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयभित्रै शम्भु सदा झुण्डिएको घटनाप्रति दुख व्यक्त गरेको घटनाको निष्पक्ष, सत्यतथ्य छानबिन गरी दोषीमाथि कार्वाही गर्न माग गरेका हुन् ।

गत २०७७ जेठ २७ गते धनुषाको सबैला नगरपालिका १२ का शम्भु सदाको इलाका प्रहरी कार्यालयभित्रै झुण्ड्याएर हत्या गरिएको भन्दै त्यसको विरोधमा भएको धनुषाबासीको विरोध प्रदर्शनमाथि प्रहरी प्रशासनद्वारा गरिएको दमनप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै बिज्ञप्तीमा पीडित परिवारद्वारा जारी आन्दोलनप्रति एक्यबद्धता जनाएको छ ।

यस्तै गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती निवासी बिरबहादुर मल्लकी छोरी सुष्मा मल्लसँगको अन्तरजातीय प्रेम सम्बन्ध र निज सुष्मा मल्लको आग्रहमा चौरजहारी पुुगेका जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका नवराज विक, चौरजहारी १ का टिकाराम नेपाली, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा मगर, सञ्जु विक, गोबन्द शाहीको हत्या गरिएको घटनाले सिंङ्गो नेपाली समाजलाई मर्माहत बनाएको बिज्ञप्तीमा उल्लेख छ ।

अन्तरजातीय विवाह तथा दलित भएर प्रेम सम्बन्ध राखेकै कारण सुनियोजित रुपमा चौरजहारी नगरपालिकामा सो घटना भएको बिज्ञप्तीमा जनाइएको छ ।

त्यस्तै रुपन्देही जिल्लाको देवदहमा गत जेठ ८ गते १३ बर्षीय स्थानीय दलित बालिका अगिरा पासीलाई २५ बर्षीय बीरेन्द्र भरले बलात्कार गरेकोे बालिकामाथि अन्याय भएको भन्दै बिरन्द्रलाई नै सजाय स्वरुप बालिकालाई श्रीमतिको रुपमा स्वीकार गर्नुपर्ने भनि जिम्मा लगाएको थियो । बलात्कार गर्ने बिरेन्द्रको जिम्मा दिएको अर्काेदिन नजिकैको खरबारीमा बालिका मृत भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै १३ बर्षीया अबोध बालिकालाई जर्वजस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रुपमा बलात्कार भएकाले दोषीमाथि कार्वाही गर्न माग गरिएको छ ।


क्याटेगोरी : समाचार


Leave a Reply

Your email address will not be published. Required fields are marked *