Techie IT
  • २०८१ वैशाख ८, शनिबार

पूर्व राष्ट्रपति यादव अस्पताल भर्ना


काठमाडौं, २४ भदौ । स्वास्थ्यमा समस्या आएपछि पूर्व राष्ट्रपति ड. रामवरण यादव आइतबार साँझ वीर अस्पतालमा भर्ना भएका छन् ।

उनको स्वास्थ्य अवस्था र भइरहेको उपचारका विषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत आइतबार साँझ अस्पताल पुगेका थिए । मन्त्री बस्नेतले वीर अस्पतालको विशिष्ठ (भिआईपी) कक्षमा उपचार गराइरहेका डा. यादवलाई भेटेर स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका हुन् ।

डा. यादवले आफ्नो उपचारमा वीरका चिकित्सकले कुनै कमी नगरेको महसुस गरेको बताए । मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्री भएपछि वीरमा भिआईपी र भिभीआईपी गरेर दुई शय्या थप्न लगाएर पाँच शय्या बनाएका छन् ।

भिआईपी र भिभीआईपीको उपचारका लागि वीरसहित देशका ख्यातिप्राप्त १७ जना विज्ञ चिकित्सकको टिम बनाएकाले उपचारका विषयमा चिन्ता लिनुनपर्ने उनको भनाइ छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले डा. यादव उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण अस्पताल भर्ना भएको बताए । पूर्व राष्ट्रपति यादवको उपचारका मुटुरोग विज्ञ डा. भगवान कोइराला, डा. रत्नमणि गजुरेल, डा. समिर पौडेललगायत संलग्न छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट