Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचिनियाँ चेतावनीका बाबजुत अमेरिकाले ताइवानलाई अर्बौ डलरको हतियार बेच्दै

चिनियाँ चेतावनीका बाबजुत अमेरिकाले ताइवानलाई अर्बौ डलरको हतियार बेच्दै


काठमाडौ । चीनले दिएको चेतावनीका बाबजुत अमेरिकाले ताइवानलाई अर्बौ अमेरिकी डलर बराबरको हतियार बेच्ने निर्णय गरेको छ ।

अमेरिकाको विदेश विभागले १.८ अर्ब अमेरिकी डलर बराबरको विकसित हातहतियार ताइवानलाई बेच्न पाउने अनुमति दिएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ ।

यो हतियार बिक्री अनुमतिमा रकेट प्रहार गर्ने लकहिड मार्टिनको ट्रक, उच्च गतिविधिको हतियार परिचालन गर्ने रकेट प्रणाली, लामो दुरीको हावादेखि भूमिमा मार हान्न सक्ने बोइङले तयार पारेको क्षेप्यास्त्र प्रणाली र एफ–१६ नामक लडाकु विमान अमेरिकाले ताइवानलाई बेच्न लागेको उल्लेख छ ।

यसअघि ५ र ७ अर्ब अमेरिकी डलर बराबरको एकक्यु ९ रिपर ड्रोन सहितको हतियार सम्झौता ताइवानसँग गरिएको थियो ।

तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १५ अर्ब अमेरिकी डलर बराबर गरेको यो हतियार सम्झोतालाई अमेरिकी कांग्रेसबाट अनुमति लिनुपर्ने आवश्यकता रहेको द वाल स्ट्रिट जरनलले जनाएको छ ।

आफ्नो सुरक्षा प्रणालीमा खतरा उत्पन्न हुने गरी ताइवानलाई हतियार नबेच्न चेतावनी चीनले यसअघि दिएको थियो । अमेरिकाको यस्तो गतिविधिले चीन अमेरिका सम्बन्धमा गम्भिर असर पर्ने चीनले जनाएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking