अक्सफोर्ड अस्ट्राजेनेका कोभिड भ्याक्सिन परीक्षणका ब्रजिलियाली स्वयम सेवकको मृत्यु
काठमाडौ ।अक्सफोर्ड अस्ट्राजेनेकाले गरिरहेको कोभिड भ्याक्सिन परीक्षणमा संलग्न ब्राजिलका स्वयम सेवकको मृत्यु भएको ब्राजिलका स्वास्थ्य अधिकारीहरूले जनाएका छन ।
रियो द जनेरियो बस्ने त्यो व्यक्तिको परिवारले परीक्षणमा संलग्न त्यो व्यक्तिको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य निगरानी नियोगले बुधबार जनायो ।
डाक्टर वा मेडिकल स्टुडेन्ट हुन सक्ने २८ वर्षीय त्यो स्वयम सेवकको नाम ब्राजिलको मिडियाले पत्ता लगाउन नसकेको प्राप्त समाचारमा जनाइएको हो ।
साथै त्यो व्यक्ति अस्ट्राजेनेका परीक्षणका भ्याक्सिन लिएका समूहको व्यक्ति हो खाली भ्याक्सिन लिएका समूहको व्यक्ति हो थाहा हुन नसकेको हो ।
औषधि बनाउने बहुराष्ट्रिय कम्पनी बेलायत स्विडिस फर्माले अक्सफोर्डसँग साझेदारी गरी कोभिडको भ्याक्सिन बनाउन तेस्रो चरणको परीक्षण गरिरहेको छ ।
यो परीक्षणको अध्ययन ब्राजिल, बेलायत, भारत र दक्षिण अफ्रिकामा भइरहेको छ । सेप्टेम्बरमा बेलायतको अध्ययन एक सहभागीमा अज्ञातरूपले बिरामी भएको पाइएपछि केही समयका लागि रोकिएको थियो ।
अक्सफोर्ड विश्वविद्यालयले यो मृत्युबाट परीक्षणको सुरक्षामा कुनै समस्या नपर्ने जनाएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
समाचार
ट्याग : #breaking,
#hot