Techie IT
×
गृहपृष्ठसमाचारकोरोना भाइरसका ५ हजार ७४३ सङ्क्रमित थपिए

कोरोना भाइरसका ५ हजार ७४३ सङ्क्रमित थपिए


काठमाडौं, ५ कात्तिक । नेपालमा कोरोना भाइरसका ५ हजार ७४३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४४ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ४४ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि होमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona