Techie IT
  • २०८० मंसिर २५, सोमबार

शरद ऋतुका लागि २८ टिमका २८४ जनाले लिए हिमाल आरोहण अनुमति


काठमाडौं । शरद ऋतुमा हिमाल आरोहण गर्न २८ टिमका २८४ जनाले अनुमति लिएका छन् ।

शुक्रबारसम्म ४४ मुलुकका नागरिकले हिमाल चढ्न अनुमति लिएका छन् । कुल ६ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ ।

शरद ऋतुमा सगरमाथा भन्दा बाहेकका अन्य हिमालमा बढी चाप हुने गर्छ । यस सिजनका लागि नास्लुमा सर्वाधिक अनुमति जारी भएको छ । विभागका अनुसार यस वर्ष मनास्लुमा २३ टोलीका २६६ जना आरोहीले अनुमति लिएका छन् ।

यो सिजनका विभिन्न हिमालका लागि चीनबाट कुल ६७ जनाले आरोहण अनुमति लिएका छन् । जसमा १८ जना महिला छन् ।

अमेरिकाका ३० जनाले अनुमति लिएका छन् । जसमा महिलाको संखया ७ छ । रसियाबाट २६ जनाले अनुमति लिएका छन् । जसमा ४ जना महिला छन् । जापानका १५ जनाले अनुमति लिएकोमा ४ जना महिला छन् । फ्रान्सका १५ जना रहेकोमा २ जना महिला छन् । यो सिजनमा अनुमति लिने नेपाली आरोहीको संख्या ३ जना रहेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट