‘एक भागवत गीता’मा सहमति जुट्यो, बोर्डले आजै सेन्सर सिफारिस दिने

काठमाडौं, भदौ २४ गते
प्रर्दर्शोन्मुख चलचित्र ‘एक भागवत गीता’को नामलाई लिएर उत्पन्न विवाद समाधान भएको छ । चलचित्र विकास बोर्डमा भएको छलफल पछि दुवै पक्षमा सहमति जुटेको हो । निर्माण पक्ष र धार्मिक समूहहरूबीच भएको सहमति अनुसार चलचत्रिको नाम अब ‘एक भागवत र एक गीता’ रहनेछ । यसअघि चलचित्रका निर्माता सुनीलकुमार थापाले भागवत र गीताको बीचमा ड्यास राख्न गरेको प्रस्ताव धार्मिक समूहले अस्वीकार गरेका थिए । बैठकमा विभिन्न वैकल्पिक नामहरूबारे छलफल भएको थयो ।
‘गीता एक प्रेमकथा’, ‘गीता भागवत’ जस्ता थुप्रै नामहरूमा छलफलपछि ‘एक भागवत र एक गीता’ नाममा दुवै पक्ष सहमत भएका हुन् । सो नामको मुन्तिर ‘सामाजिक कथा’ लेख्ने पनि पनि सहमति भएको छ । केहीबेरमा सहमतिबारे औपचारिक घोषणा गरिने भएको छ । चलचित्र विकास बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस