भीमेश्वर नगरपालिकाले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने
himeshworदोलखा, ५ कात्तिक । भीमेश्वर नगरपालिकाको ५९ औँ नगर कार्यपालिकाको बैठकले लक्षण देखिएका सङ्क्रमितहरुलाई आइसोलेशनमा राखी उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ ।
बैठकले नगरवासीहरुमा कोरोना भाइरस रोग सङ्क्रमण भइ लक्षण देखिएको अवस्थामा निःशुल्क पीसीआर परीक्षण गर्ने र पोजिटिभ नतिजा आइ उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाको विपद् कोषबाट खर्च गर्ने निर्णय गरेको हो ।
त्यसैगरी मङ्गलबार बसेको बैठकले सदरमुकाम चरिकोटको सातदोबाटोमा निर्माण भइरहेको सार्वजनिक शौचालयसहितको बहुउद्देश्यीय भवन निर्माण अवधि थप गर्न नगर विकास कोषलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
कोषको अनुदान तथा ऋण सहयोगमा निर्माण भइरहेको भवन निर्माण लकडाउनका कारण रोकिएको भन्दै नेपाल सरकारको निर्णयअनुसार कात्तिक मसान्तसम्म म्याद थप गरेको थियो । त्यो भवनका लागि नगर विकास कोषबाट खटाएका कन्सल्टेन्सीबाट समेत चैत्र मसान्तसम्म म्याद थपको सिफारिस भएकाले कोषलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
त्यसैगरी प्रस्तावित सातदोबाटो सपिङ कम्प्लेक्स सिनेमा हलको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भएको र डीपीआर अनुसार १७ करोड ११ लाख ९६ हजार पाँच सय ७३ रुपैयाँ लागत लाग्ने भएकाले ऋण तथा अनुदानका लागि नगर विकास कोषसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।
क्याटेगोरी :
समाचार,
बाग्मती प्रदेश
ट्याग : #bhimeshwor,
#Corona,
#dolkha