एआईको मद्दतले बनाइएका लाख बढी महिलाको नग्न फोटो अनलाइनमा सेयर
काठमाडौ । एआई प्रविधिको मदतले एक लाख बढी महिलाहरूको अङ्गवस्त्रहरूलाई हटाएर बनाइएका नग्न फोटो समाजिक सञ्जाल र अनलाइनमा सेयर गरिएको एक नयाँ प्रतिवेदन सार्वजनिक भएको छ ।
इन्टेलिजेन्स कम्पनी सेन्सिटीले तयार पारेको प्रतिवेदनमा यसरी एआईको मद्दतले नग्न बनाइएका महिलाहरूमा कम उमेरका लागि बढी निशाना बनाउने गरिएको उल्लेख छ । तर यो सेवा चलाउने कम्पनीले यसलाई सामान्य मनोरञ्जन भनेका छन ।
बिबिसीले यो सफ्टवेयरको परीक्षण गरेको र यसको नतिजा कमजोर प्राप्त गरेको जनाएको छ ।
सेन्सिटीले दाबी गरे अनुसार यसका लागि ‘डिपफेक बोट’को प्रयोग गरिएको छ ।डिपफेक प्रविधि कम्प्युटरले विकास गरेको वास्तविक लाग्ने तस्विर र भिडियो बनाउने काम गर्ने प्रविधि हो । सेलिब्रेटिहरूको फेक भिडियो क्लिप्स बनाउन यसको प्रयोग गरिन्छ ।यस्ता फोटो र भिडियो सामाजिक सञ्जालको माध्यमबाट कसैलाइ निशाना बनाउन धेरै हुने सेन्सिटीका प्रमुख कार्यकारी गिओर्गिओ प्याट्रिनीले भनी सावधान गराएका छन ।
कृत्रिम बौद्धिकता आर्टिफिसियल इन्टेलिजेन्स वा एआईले तयार पारेको ‘बोट’ टेलिग्राम प्राइभेट म्यासेजिङ च्यानल भित्र रहन्छ । उपभोक्ताले यो बोट कुनै महिलाको फोटोमा पठाउन सक्छन ।
यो बोटले डिजिटल प्रविधिबाट केही मिनट भित्रै बिना कुनै मूल्य महिलाको लुगा हटाइ दिन्छ ।
बिबिसीले यो परीक्षण गरेको छ तर पूर्णरूपमा वास्तविक नदेखिएको जनाएको छ । यस किसिमको एक एपलाई गतवर्ष प्रतिबन्धित गरिएको थियो । तर यो सफ्टवेयरको चोरिएको भर्सन अनलाइनमा फैलिरहेको विश्वास गरिएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
विज्ञान,
समाचार
ट्याग : #breaking,
#hot