Techie IT
  • २०८० असोज १७, बुधबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका ३१ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय


काठमाडौं, २२ भदौ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो कुराको जानकारी दिइन् ।

यसैगरी, बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत आयोजनाहरुको लागि आर्थिक वर्ष २०८०–०८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्री शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिइन् ।

यसैगरी, खानेपानी मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाहरुमा आर्थिक वर्ष २०८०–८१ का लागि अधिकृतस्तरका २३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, उनले सरकारले न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीहरुलाई सरुवा गर्ने निर्णय भएको जानकारी दिइन् ।

मन्त्री शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकोे सचिव पदमा, नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौला (निरौला) लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय भएको बताइन् । 

यस्तै बैठकले अन्य विभिन्न १५ वटा निर्णय गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट