Techie IT
  • २०८० चैत्र १५, बिहीबार

अष्ट्रेलिया पठाइदिन्छु भन्दै नौ लाख रुपैयाँ ठगी गर्ने भक्तपुरकी केशरी श्रेष्ठ पक्राउ


काठमाडौं, २२ भदौ । अष्ट्रेलियमा वैदेशिक रोजगारीमा पठाउने भनी नौ लाख रुपैयाँ ठगी गर्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का केशरी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार हाल काठमाडौंको सामाखुशी बस्दै आएका ५० वर्षीया श्रेष्ठले आशामाया लामालाई अष्ट्रेलिया पुगेपछि होटलमा काममा लगाइदिने र मासिक तलब तीन लाख रुपियाँभन्दा बढी हुने प्रलोभनमा पारेका हुन् ।

अष्ट्रेलिया जान २० लाख लाग्ने भनेर पीडितबाट पटक–पटक गरी नौ लाख रुपियाँ लिई सम्पर्कविहीन श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट