Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजुम मिटिङमा गुप्ताङ्ग देखाएको आरोपमा अमेरिकी पत्रकार निलम्बित

जुम मिटिङमा गुप्ताङ्ग देखाएको आरोपमा अमेरिकी पत्रकार निलम्बित


काठमाडौ । द न्युयोर्करका संवाददाता जेफ्री टूबिनलाई सहकर्मीसँगको जुम कलमा गुप्ताङ्ग देखाएको आरोपमा निलम्बन गरिएको छ ।
अखबारले यो विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

न्युयोर्करका कामदारहरूबीच गत साता भएको जुम बैठकमा यस्तो घटना भएको भाइस र डब्लुएनसिवाई रेडियोले जनाएको छ ।
द न्युयोर्करले यो टूबिनलाई निलम्बन गरी अनुन्धान गरिएको विषय पुष्टि गरेको छ ।

टूबिनले विज्ञप्ति जारी गरी त्यो घटनाका बेला क्यामरा अफ थियो र जुम बैठकमा बस्ने कसैले आफूलाई हेर्न नसकेको आफ्नो विश्वास छ । साथै उनले घटनाप्रति पत्नी, पारिवारिक मित्र र सहकर्मीहरूपति माफी मागेका छन ।

टूबिनको व्यक्तिगत गतिविधि समाचारका हेडलाइन बनेपछि सामाजिक सञ्जालमा ठट्यौली शुरू भयो ।

संस्थापक सम्पादक टम इलिओटले टिवटरमा भनेका छन “ मलाई लाग्छ मैले भिडियो बन्द गरेको थिए यो जानी जानी नभएर टूबिन जुन अवस्थामा थिए त्यसको पृष्ठभूमिले गर्दा हुन सक्छ ।”

टूबिनका टिवटर अकाउन्ट अक्टोबर १३ देखि बन्द गरिउको छ । उनको काम गर्ने इमेल बन्द गरिएको छ । उनले कानुनी प्रक्रियासम्मका लागि आफू शान्त भएर बस्ने जनाएका छन । टूबिन सिएनएनका कानुनी विश्लेषक पनि हुन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, रोचक, समाचार
ट्याग : #breaking, #hot