Techie IT
  • २०८० मंसिर २५, सोमबार

भरतपुरमा घुम्नलायक धेरै ठाउँ छन् : मेयर दाहाल


फाइल तस्बिर

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा घुम्नलायक धेरै ठाउँ रहेको बताएकी छिन् ।

भरतपुर–६ लक्ष्मीनारायण मन्दिर पसिरमा आज बिहीवारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहमा मेयर दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गरिन् । मेयर दाहालले दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई वटा नदीमा बोटिङ, र्‍याफ्टिङ गर्न सकिने बताइन् । मौलाकाली केबलकार गैँडाकोटमा भए पनि यसको लाभ भरतपुरले लिइरहेको उनको भनाइ छ ।

दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा तीन वटा विद्युतीय बस सञ्चालनमा ल्याइने जानकारी पनि दिइन् । पवित्र तीर्थस्थल देवघाट जानका लागि धार्मिक पर्यटकलाई लक्षित गरी तीन वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताइन् । भरतपुर–२९ मा रहेको चौकीडाँडाबाट प्याराग्लाइडिङ हिउँदमा फेरि सञ्चालनमा आउने उनले बताइन् ।

मेयर दाहालले हरियाली प्रवर्धनका लागि भरतपुर महानगरपालिकाले चार करोड रुपैयाँभन्दा धेरै विनियोजन गरेकाले बनेको सडकमा सौन्दर्यकरण गर्न महानगरले बिरुवा उपलब्ध गराउने बताए । भरतपुर भ्रमण वर्षले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याउने उनको विश्वास छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट