Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअलास्कामा साढे सात मापकको भुइँचालो गयो सुनामी आउने चेतावनी

अलास्कामा साढे सात मापकको भुइँचालो गयो सुनामी आउने चेतावनी


काठमाडौ । साढे सात मापकको भुइँचालो दक्षिण अलास्काको सामुद्रिक किनारमा गएपछि त्यस क्षेत्रमा सुनामी आउने चेतावनी अमेरिकाको जिओलजिकल सर्वेले जनाएको छ ।

अलास्काको स्यान्ड पोइन्टको दक्षिणबाट ९० किलो मिटर टाढा करिब ४० किलोमिटर गहिराइमा यो भूकम्पन गएको हो ।

यो शक्तिशाली धक्का पछि त्यहाँ सुनामी आउने चेतावनी दिइको हो ।

यसको प्रभाव उत्तरी अमेरिकाको अमेरिका र क्यानाडा प्रशान्त महासागरीय किनारामा जोखिमको स्तर बढने देखिएको छ । तत्काल क्षतिको विवरण आइपुगेको छैन ।

त्यसक्षेत्रका बासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा जान भनिएको छ । अलास्का अमेरिकाको सर्वाधिक भुकम्पन आउने क्षेत्रमा रहेको छ ।

१९६४मा गुड फ्राइ डे भुकम्प ९.२ मापकको भुइँचालो अलास्कामा आएको थियो ।त्यतिखेर १३१ जनाको ज्यान गएको थियो । यो भुकम्प पछि पहिरो र सुनामी आएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान, समाचार
ट्याग : #breaking