कास्की, ३ कात्तिक । पोखरा महानगरपालिका–५ माछापुच्छ्रे टोलमा किराना पसल गरी बस्ने सोही महानगरपालिका-२३ ठुलाखेत घर भएका ३५ वर्षीय ज्ञानेन्द्र दाहालको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
पसल अगाडिको बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार