Techie IT
  • २०८० मंसिर २५, सोमबार

मुस्ताङको कैकु–खन्ती खण्ड कालोपत्र


मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो । योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घण्टा तीस मिनेटको यात्रा अवधि अब आधा घण्टामै गर्न सकिने जानकारी दिनुभयो ।

एक घण्टा यात्रा अवधि छोटिएपछि मुस्ताङका बासिन्दा तथा पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ । एघार मिटर फराकिलो सडकमा नाली, पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्र गरिएको छ । उकालो सडकमा ढलान गरिएको छ ।

मालढुङ्गादेखि कोरला नाकाको दुई सय २ किलोमिटर दूरीको सडक विस्तार गर्न सञ्चालित १२ प्याकेजमध्ये कैकु–खन्ती खण्ड पूर्णरुपमा कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने यो सडक कालोपत्र गर्न २०७४ साल जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट