Techie IT
×
गृहपृष्ठसमाचारतीन हजार ७९० कोरोना सङ्क्रमित थपिए

तीन हजार ७९० कोरोना सङ्क्रमित थपिए


काठमाडौं, ३ कात्तिक । नेपालमा कोरोना भाइरसका तीन हजार ७९० सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३६ हजार ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ४० हजार ७७८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि होमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona