Techie IT
×
गृहपृष्ठराजनीतिदसैं भत्ता फिर्ता गर्न सांसदहरुलाई देउवाको निर्देशन

दसैं भत्ता फिर्ता गर्न सांसदहरुलाई देउवाको निर्देशन


काठमाडौं, ३ कात्तिक ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन्। कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले उक्त निर्देशन दिएका हुन्।

कांग्रेस सांसदहरूले संसदीय दलमै छलफल गरेर सबै सांसदको भत्ता फिर्ताको निर्णय गर्नुपर्ने माग गरिरहेका छन्। सभापति देउवाले सोमबार संसदीय दललाई सांसदका भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्।


क्याटेगोरी : राजनीति, समाचार