कालिकोटमा माटोको ढिस्कोले थिचेर एक महिलाको मृत्यु

फाइल तस्बिर ।
कालिकोट, २० भदौ । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक महिलाको निधन भएको छ । घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्कोले च्यापेर वडा नं ४ की २७ वर्षीया मीना शाहीको निधन भएको हो ।
वीरेन्द्र शाहीकी पत्नी मीना शाहीको घुगाने भीरमा माटो खन्न गएका बेला पुरिएर निधन भएको स्थानीय वडाध्यक्ष देवनाथ योगीले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस