Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पसँग कुरा गर्न नदिए सिकागोको ट्रम्प टावरबाट हाम फाल्ने चेतावनी

ट्रम्पसँग कुरा गर्न नदिए सिकागोको ट्रम्प टावरबाट हाम फाल्ने चेतावनी


काठमाडौ । अमेरिकाको सिकागोमा रहेको ट्रम्प टावरमा चढेका एक मानिसले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरो गर्न अनुमति नदिए हाम फाल्ने चेतावनी दिएका छन ।

डोरीको सहायताले ट्रम्प चढेका ती व्यक्तिले ट्रम्पसँग कुरो गर्न पाउने अनुमति नदिए आफ्नो डोरी काट्ने चेतावनी दिएका हुन ।

९८ तले ट्रम्प टावरको १६औं तलासम्म डोरीको सहायताले चढेका ती व्यक्तिको धेरै फोटो र भिडियोहरू सामाजिक सञ्जालमा प्रदर्शन गरिएका छन ।२० वर्षे त्यो व्यक्तिले आफू राष्ट्रपति ट्रम्पसँग कुरो गर्न चाहेको सन्देश पठाएर अनुमति प्राप्त गर्न भनेको द सिकागो सन टाइम्सले समाचार उल्लेख गरेको छ ।

धेरै अग्निविनाशकहरू घटनास्थलमा पुगेका छन ।उनीहरूले त्यो व्यक्तिलाई तल झार्ने प्रयास गरिरहेका छन।

सरकारी अधिकारीहरूले त्यो क्षेत्रलाई घेराहाली बसेका छन। गली सडकमा त्यो व्यक्तिलाई हेर्नेहरूको भिड जम्मा हुन पुगेको छ ।

त्यो व्यक्तिले ट्रम्पबाट कस्तो सन्देशप्राप्त गर्न खोजेका हुन स्पस्ट हुन सकेको छैन । आइतबार राष्ट्रपति नेवेदामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking