विद्युतीय वाहन सशक्तिकरण शुल्क निर्धारण
काठमाडौ । विद्युतीय वाहन सशक्तिकरण (चार्ज) महशुल निर्धारण गरी लागु गरिएको छ ।
विद्युतीय सवारी सञ्चालन गर्ने कम्पनीलाई यसबारे नेपाल विद्युत प्राधिकरणले पत्राचार गरी जानकारी गराइसकेको छ । विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई प्राधिकरणले कार्यान्वयनमा ल्याएको हो ।
चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसाको थप २० प्रतिशत शुल्क लिएर सवारी चार्ज सुविधा दिन पाउने भएको छ ।
सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेको थियो ।
उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात अध्यक्ष भेषबहादुर थापाले शुल्क निर्धारण भएपछि सजिलो भएको धारणा सार्वजनिक गरेका छन ।
अब ठूला बस पूर्ण चार्ज गर्दा पाँच सयदेखि ५५० रुपियाँ पर्नेछ । यसअघि यो शुल्क १ हजार २ सयसम्म तिर्नुपरेको थियो ।
एकपटक पूर्ण चार्ज भएको विद्युतीय बस कम्तीमा २५० किलोमिटर गड्न सक्छ भने काठमाडौँ उपत्यकामा गुड्ने बस एकपटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म सञ्चालन आउन सक्नेछ ।
निजी विद्युतीय कार पनि घरमा चार्ज गर्नुभन्दा चार्जिङ स्टेसनमै गर्दा सस्तो पर्ने सुन्दर यातायातको भनाइ छ ।
घरमा चार्ज गर्दा प्रतियुनिट आठदेखि १० रुपियाँसम्म विद्युत् शुल्क तिनुपर्ने हुन्छ तर स्टेसनमा ग¥यो भने प्रतियुनिट छ रुपियाँ पर्न जान्छ ।
विद्युतीय वाहन सेवाको विस्तार भइरहेको छ ।
क्याटेगोरी :
अर्थ,
समाचार
ट्याग : #breaking