Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियनक्सलवादीसँग सम्बन्ध भएको आरोपमा आजिवन कारावास भोग्ने प्रोफेसर साइबाबाद्वारा भोक हडतालको घोषणा

नक्सलवादीसँग सम्बन्ध भएको आरोपमा आजिवन कारावास भोग्ने प्रोफेसर साइबाबाद्वारा भोक हडतालको घोषणा


काठमाडौ । नक्सलवादीहरूसँग सम्बन्ध राखेको आरोपमा नागपुर जेलमा आजिवन कारावासको सजाय भोगिरहेका दिल्ली युनिभर्सिटीका प्रोफेसर जिएन साइबाबाले २१ अक्टोबरदेखि भोक हडताल गर्ने घोषणा गरेका छन ।

सरकारले एक महिनादेखि लुगा, औषधि र पुस्तक उपलब्ध नगराएकाले भोक हडताल गर्ने निर्णय गरेको साइबाबाले जनाएका छन । द हिन्दुले जनाए अनुसार साइबाबाकी पत्नी एएस वसन्ताकुमारीले पुस्तक ,औषधि र कपडा सरकारले उपलब्ध नगराएको हो ।

साइबाबा सन् २०१४देखि जेलमा रहेका छन । जेलमा कैदी बन्दीलाई उपलब्ध हुने सबै मानवअधिकारबाट वञ्चित गरिएको छ । पत्नीलाई फोनमा कुरो गर्न सम्म नदिएको हो ।

बसन्ता कुमारीले महाराष्ट्रका अतिरिक्त महानिर्देशक जेल विभाग सुनिल रामानन्द र नागपुरका जेल अधिकारी अनुप कुमार कुमरेलाई साइबाबाले भोगिारहेको यस्ता समस्याबारे पत्र लेखेर जानकारी गराइसकेकी छिन ।

विभिन्न स्वास्थ्य समस्याबाट पीडित साइबाबालाई हरेक दिन तीन औषधि आवश्यक हुने र त्यो पनि नदिने गरिएको छ । साइबाबाका वकिल आकाश सरोदेले औषधि लुगा र पुस्तकलगायतका वस्तु पठाइएपनि जेल प्रशासनले त्यो सामान बिना कारण लिन इन्कार गरेको जनाए ।

द हिन्दुको समाचारमा साइबाबा २१ अक्टोबरदेखि भोक हडतालमा बस्ने भएको पुष्टि गरिएको छ ।

सन् २०१७को मार्च महिनामा महाराष्ट्रको गढचिरोली जिल्लाको एक अदालतले एक पत्रकार, जेएनयुका एक छात्रसहित साइबाबा र अन्य चारलाई नक्सलवादीसँग सम्बन्ध राखेको आरोपमा दोषी ठहर गरेको थियो ।

क्यान्सरबाट पीडित आमासँग भेटन पाउने आग्रह सहितको जमाता निवेदन आमाको निधन हुन चार दिन अघि खारिज गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार
ट्याग : #breaking