काठमाडौं - लुक्ला हवाई रुटमा मौसमी अवस्थाबारे जानकारी दिने क्यामेरा जडान

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले काठमाडौं–लुक्ला हवाई रुटमा मौसमी अवस्थाबारे जानकारी दिने क्यामेरा जडान गरेको छ ।
क्यानले आज मङ्गलवार सूचना निकालेर राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा काठमाडौं–लुक्ला रुट अन्तर्गत फाप्लुभन्दा उत्तरतर्फ क्यामेरा जडान गरेको जानकारी गराएको हो । काठमाडौं–लुक्ला रुट हवाई उडानका लागि जोखिमपूर्णमध्ये एक मानिन्छ । छिनछिनमा मौसम परिवर्तन भइरहने भएकोले पनि जोखिम थपिने गरेको लुक्ला–काठमाडौं उडान भर्ने पाइलटहरू बताउँछन् ।

सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालन हुने क्यामराले दुवै विमानस्थललाई रुटको अवस्थाबारेमा प्रत्यक्ष जानकारी दिन्छ । क्यानले राष्ट्रिय आविष्कार केन्द्रसँगकै सहकार्यमा यसअघि पोखरा–जोमसोम रुटमा क्यामेरा जडान गरिसकेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस