Techie IT
×
गृहपृष्ठप्रवासदुबई अस्पतालमा पुगेर राजदूतले भने, चिन्ता नलिनुस सरकारले हेर्छ (फोटो फिचर)

दुबई अस्पतालमा पुगेर राजदूतले भने, चिन्ता नलिनुस सरकारले हेर्छ (फोटो फिचर)


युएई: युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले दुबई स्थित रसिद अस्पतालको भ्रमण गरी उपचारको क्रममा रहेका नेपाली बिरामीहरुको बारेमा जानकारी लिएका छन् ।

राजदूत  ढकाल सहित नेपाली दूतावास अबुधाबीको एक टोलीले आइतबार दुबईको रसिद अस्पतालको  भ्रमण गरी त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिएको हो ।

टोलीमा श्रम काउन्सिलर निर्मला थापा र पिआरओ इर्फान रहेका थिए ।

उनीहरूले त्यहाँ उपचाररत नेपाली विरामीहरुलाई भेटेर अवस्थाबारे जानकारी लिएको र दूतावासबाट आवस्यक सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता गरेको राजदूत ढकालले बताएका छन । ‘ चाँडै निको हुनुहुन्छ, अब चिन्ता लिनु पर्दैन हामी हेर्छौं, सरकारले सहयोग गर्छ, बिरामीसँग राजदूतले भने ।

दूतावास टोलीले हस्पिटलका जनरल डाइरेक्टर डा.फहद बस्लिब र वहाँको समुहसंग भेट गरी नेपालीहरुको उपचारमा अस्पतालले निर्वाह गरेको भुमिकाको लागि धन्यवाद दिएको थियो ।

दूतावास टोलीले उपचाररत नेपालीहरुलाई यात्रा अनुमती पत्र, आवस्यकता परेका विरामीलाई नि:शुल्क हवाई टिकट र विरामीका सम्बन्धित कम्पनी प्रशासनसँग समन्वय गरेको पिआरओ इर्फानले जानकारी दिएका छन ।

 


क्याटेगोरी : प्रवास, समाचार