काठमाण्डौको सामाखुसीमा कन्टेनरको ठक्करबाट पैदलयात्रुको मृत्यु
काठमाण्डौ, २ कात्तिक । काठमाण्डौको सामाखुसीमा कन्टेनरको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ ।
ना ६ ख ४०१६ नम्बरको कन्टेनरको ठक्करबाट झापाका ३१ वर्षीय अशोक ताजपुरियाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उनको शिक्षण अस्पतल महाराजगञ्जमा उपचारका क्रममा दिउँसो साढे १२ बजे ज्यान गएको हो । कन्टेनर चालकलाई प्रहरीले पक्राउ छ ।
क्याटेगोरी :
समाचार,
बाग्मती प्रदेश