Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशसाइकलमा सवार बावु–छोरीलाई टिप्परले ठक्कर दिँदा छोरीको मृत्यु, बावु घाईत

साइकलमा सवार बावु–छोरीलाई टिप्परले ठक्कर दिँदा छोरीको मृत्यु, बावु घाईत


दाङ, २ कात्तिक। पूर्वपश्चि–महेन्द्र राजमार्ग अन्तरगत दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ मा साइकलयात्रीलाई टिप्परले ठक्कर दिँदा एकजना बालिकाको घनास्थलमै मुत्यु भएको छ भने एकजना गम्भिर घाइते भएको इलाका प्रहरी भालुवाङ्ले जानकारी दिएको छ ।

आइतवार दिउँसो एकबजे पश्चिमबाट पूर्वबाट तर्फ जादै गरेका रात १ त २०२१ नम्बरको टिप्परले पूर्वबाट पश्चिम तर्फ एउटै साइकलमा सवार (बावु–छोरी) गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी निवासी २४ वर्षीय छोरी जमुना कुमालको घटनास्थलमै मृत्यु भएको छ भने ५९ वर्षीय बुवा बुद्धिराम कुमाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते कुमाललाई बुटवल रिफर गरिउको छ भने शवलाई स्वास्थ्य चौकी लालमटिमा रािखएको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #breaking