Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

भारतविरुद्ध खेल्ने नेपाली टोलीतर्फ 'प्लेइङ ११' सार्वजनिक


काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । भारतविरुद्ध खेल्ने नेपाली टोलीतर्फ ‘प्लेइङ ११’ सार्वजनिक भएको छ। रोहित पौडेलको कप्तानीमा नेपाली खेलाडीहरू मैदानमा उत्रिने भएका छन्।

मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली टोलीमा सामान्य परिवर्तन गरेका छन्। यसअघि पाकिस्तानविरुद्ध बेन्चमा रहेका भीम सार्की भारतविरुद्ध खेल्ने भएका हुन्। पाकिस्तानविरुद्ध खेलेका आरिफ शेखलाई प्रशिक्षक देसाईले बेन्चमा राख्ने निर्णय गरेका छन्।

त्यस्तै टोलीमा आशिफ शेख, भीम सार्की, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्शन झा, ललित राजबंशी र सोमपाल कामी रहेका छन्। श्रीलंकाको क्यान्डीमा हुने खेलमा नेपाल टस हारेर ब्याटिङको निम्तो पाएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट