Techie IT
  • २०८० असोज १७, बुधबार

जाजरकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु


जाजरकोट, १८ भदौ । जाजरकोटको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –५ तोल्खान निवासी २६ बर्षीय रेवती सिंहको मृत्यु भएको हो ।

आइतवार दिउँसो ३ बजे बाख्रा चराउन जङ्गल गएकी सिंहको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक डिएसपी सन्तोष रोकाले जानकारी दिए ।

बाख्रा चराउन जङगल गएको बेला हावाहुरीसहितको पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख डिएसपी रोकाले बताए । आइतबार करिव २ बजेपछि हावाहुरीसँग परेको पानीले फलफुलका विरुवा, मकै, धान, डाले घाँस नष्ट गरेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट