Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश १स्कर्पियो दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु

स्कर्पियो दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु


काठमाडौ । आइतवार विहान एउटा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नं १४ को भदौरेस्थित सिद्धिचरण राजमार्गमा भएको सो दुर्घटनामा अन्य तीनजना गम्भिर घाइते भएका छन ।

भैरहवाबाट ओखलढुङ्गातर्फ गइरहेको बा २० च ७१७१ नम्वरको सो स्कार्पियो सडकबाट करिव नौसय मिटर तल खसेको छ ।

त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षीय रामवहादुर सार्की सोही ठाउँ निवासी २७ वर्षिय कर्ण सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० एक वर्षकी महिला,३२ वर्षको पुरुष र ५२ वर्षको पुरुषको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी वेदप्रसाद गौतमले सूचना सार्वजनिक गरेका हुन ।

प्रहरीले जनाए अनुसार गाडी चालक रुपन्देही जिल्ला त्रिदम्वा नगरपालिका वडा नं १५ का रामवहादुर खड्काको छोरा २८ वर्षिय पवन खड्काको अवस्था गम्भीर रहेको छ । यसैगरी ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका सागर सार्कीको छोरी वर्ष १८ की कल्पना सार्कीको टाउकोमा चोट लागि गम्भिर रहेको छ भने सोही ठाउँ बस्ने रामवहादुर सार्कीको श्रीमती वर्ष ३१ की कुमारी सार्कीको दाहिने खुट्टामा सामान्य चोट लागेको छ ।

सबैको उपचारका लागि कटारीमा अस्पताल पठाइएको र गए राती करीव १ वजे सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश १
ट्याग : #breaking, #hot