कर्णाली नदी तर्ने बेलामा डुङ्गा पल्टिँदा एक जना बेपत्ता

दैलेख । दैलेखमा कर्णाली नदी तर्न चढेको डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् । डुङ्गा पल्टिँदा चामुन्डाबिन्द्रासैनी नगरपालिका–७ का १६ वर्षीय शिव शाही नदीमा खसेर बेपत्ता भएका हुन्।
आठबीस नगरपालिका–१ रामघाट नजिकबाट अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान पुग्न नदी तर्न चढेको डुङ्गा पल्टिँदा डुङ्गामा सवार शाही बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ । उनलाई स्थानीयको सहयोगमा प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस