दाङका लागि छुटेको यात्रुबाहक बस सल्यानको कोटबारामा दुर्घटना

सल्यान, १७ भदौ । सल्यानमा यात्रवाहक बस दुर्घटना भएको छ । आइतबार बिहान जिल्लाको बागचौर नगरपालिका १२ बाफुँखोलाबाट दाङ तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको बस बागचौर नगरपालिका ७ कोटबारा चौफारी नजिक दुर्घटना भएको हो ।
घटनामा मानवीय क्षति नभए पनि धेरै यात्रु घाइते भएको स्थानीयको भनाइ छ । स्थानीयले घाइतेहरुको उद्धार गरिरहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनास्थलमा उद्धारको काम भैरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस