Techie IT
  • २०८० मंसिर २५, सोमबार

नारायण रायमाझीको एकल साँझ आज प्रज्ञा प्रतिष्ठानमा


काठमाडौं, १५ भदौ । वरिष्ठ लोक गायक नारायण रायमाझीको एकल साँझ शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ।

दिउँसो १ बजे शुरु हुने ‘नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीले सदाबहार लोकप्रिय गीत सङ्गीतको प्रस्तुति गर्नेछन्। उनलाई अन्य कलाकार पनि सघाउनेछन्।

उनले आफ्ना लोकप्रिय गीत ‘मलाई सम्झी रेलिमै’ देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपूल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत प्रस्तुत गर्नेछन्। विवाहमा छोरीलाई बिदाइ गर्ने बेला बुवाले दिने आशीर्वादलाई समेटेर बनाइएको नयाँ गीत पनि सार्वजनिक गर्न लागिएको रायमाझीले जानकारी दिए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्धारा आयोजना गर्न लागिएको उक्त पहिलो एकल साँझको तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले जानकारी दिइन्। प्रज्ञा प्रतिष्ठानमा प्रवेश पासको व्यवस्था गरिएको तथा हल बाहिर प्रतिष्ठान परिसरमा पनि टेलिभिजनमार्फत निःशुल्क हेर्ने व्यवस्था मिलाएको प्रतिष्ठानका कोषाध्यक्ष एवं गायक तथा सञ्चारकर्मी अमृत अधिकारीले जानकारी दिए।

स्रष्टा रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, सङ्गीतमा छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट