Techie IT
  • २०८० असोज १७, बुधबार

काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन विमानस्थलको भन्सारका एक सय २७ जना कर्मचारीले मागे सरुवा


काठमाण्डौं, १३ भदौ । काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सरुवा मागेका छन् । ६० किलो सुन तस्करी र अन्य विभिन्न घटनामा कर्मचारीलाई अनावश्यक दबाब र डर, त्रास उत्पन्न गराएको भन्दै १ सय ३७ जनाले विभागका महानिर्देशक सामु सरुवा मागेका हुन् ।

विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको उनीहरूको गुनासो छ । कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै उनीहरूले कार्यालयमा उपस्थित भई तोकिएको कार्य–जिम्मेवारी पूरा गर्न आफूहरूमा व्यक्तिगत, मनोवैज्ञानिक त्रास उत्पन्न भएको उल्लेख गरेका छन् ।

२४ सै घण्टा सार्वजनिक बिदाका दिनहरूमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई कानुनअनुसार काम गर्दा पनि विभिन्न निकायबाट दुःख दिइएको,अनावश्यक शङ्का गरेको र यात्रु शाखामा यात्रुबाट दुर्व्यवहार र अपशब्द भोग्नु परेको उनीहरूको गुनासो छ । ुब्रेक शुु मा लुकाएर सुन तस्करी गरिएको प्रकरणपछि आफूहरूलाई विनाकारण दुःख दिइएको उनीहरूको आरोप छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट