Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशसबै शक्तिपीठहरु शनिबारदेखि खोल्ने तयारी

सबै शक्तिपीठहरु शनिबारदेखि खोल्ने तयारी


काठमाण्डौ, २८ असोज । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द रहेका सबै शक्तिपीठहरु आउँदो शनिबारदेखि खोल्ने तयारी गरिएको छ ।

काठमाण्डौ उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु आउँदो शनिबार कात्तिक १ गतेदेखि खोल्ने तयारी गरिएको मन्दिर व्यवस्थापकहरुले बताएका छन् ।

उनीहरुले दशैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको बताएका हुन् । तर सरकारले भने यसबारेमा कुनै निर्णय गरेको छैन । कोरोना संक्रमण फैलने जोखिम बढेपछि सरकारले गएको चैत ११ गतेदेखि नै देशरभरीकै मन्दिर बन्द गरेसँगै मुख्य शक्तिपीठहरुमा नियमित पूजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ ।

अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिर खुल्ला गर्ने निर्णय गरिसकेको छैन ।


क्याटेगोरी : समाचार, साहित्य, बाग्मती प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार