Techie IT
×
गृहपृष्ठसमाचारथप ५८६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

थप ५८६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि


काठमाडौं, ३ असार । नेपालमा विगत २४ घण्टामा थप ५८६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

योसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,१७७ पुगेको छ।
तीमध्ये २० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड १९ पुगेको पुष्टि भएको छ। प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड १९ भएका व्यक्ति फेला परेका छन्।
सरकारले मङ्गलवार पुष्टि गरेको सङ्क्रमितको सङ्ख्या ३८० थियो।

त्यसैगरी आइतवार र सोमवार क्रमशः एक जनाको मृत्यु र ४२५ जनामा सङ्क्रमण तथा ४५१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,०३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,४९,५७२ पुगेको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि एक लाख २५ हजारभन्दा बढीव्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा र त्यसपछि क्रमशस् प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

अहिले देशभरि २२ वटा प्रयोगशालाबाट कोरोनाभाइरस पुष्टि गर्ने परीक्षण हुने गरेको छ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona

प्रतिक्रिया दिनुहोस