Techie IT
  • २०८१ वैशाख ७, शुक्रबार

लुम्बिनी, तौलिहवा र दाङको लालमटिया आसपासका क्षेत्रमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह


काठमाडौं । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।

यो क्षेत्र भइ बहने कोठी, वाणगङ्गा, सुरईलगायत खोलामा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरू र रूपन्देहीका डुबान भइरहने होचा क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूपश्चिम प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको अनुमान गरिएको छ ।

अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्को अनुमान छ ।  यस्तै, नारायणगढ–मुग्लिन सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीको आग्रह छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट