Techie IT
  • २०८१ वैशाख १३, बिहीबार

महिला विश्वकप फुटबलः पोर्चुगलले भियतनामलाई हरायो


काठमाण्डौं, ११ साउन । फिफा महिला विश्वकप फुटबल २०२३ मा पोर्चुगलले भियतनामलाई हराएको छ ।

आज न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हरायो । पोर्चुगलका लागि तेल्मा इन्कारनाको र फ्रान्सिस्का नजरेथले गोल गरिन् ।

आजको जितसँगै पोर्चुगल २ खेलमा ३ अङ्कका साथ समूह ‘ई’ को तेस्रो स्थानमा छ । दुवै खेल हारेको भियतनाम प्रतियोगिताबाटै बाहिरिएको छ ।

आजै न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ‘ई’ को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १र१ गोलको बराबरी खेलेका छन् । आजै पौने ४ बजे समूह ‘बी’ का अस्ट्रेलिया र नाइजेरिया खेल्दैछन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट