Techie IT
  • २०८१ वैशाख ७, शुक्रबार

काठमाडौंको जनप्रशासन क्याम्पसमा प्राध्यापकको पारिश्रमिक र विद्यार्थीको छात्रवृत्ति रकम हिनामिना

प्राध्यापकले पाउनुपर्ने रकमको चेक बनाउने तर समयमा नदिने र चेक साट्ने मिति सकिएपछि कर्मचारी आफैँले किर्ते हस्ताक्षर गरेर साट्ने गरेका छन्


जनप्रशासन क्याम्पस । फाइल तस्बिर

काठमाडौँ, ११ साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन क्याम्पसमा आर्थिक हिनामिना भएको छ । क्याम्पसमा कार्यरत प्राध्यापकको पारिश्रमिक तथा विद्यार्थीको छात्रवृत्ति रकम हिनामिना भएको छानबिन समितिले पुष्टि गरेको छ ।

हालसम्म दोषी कर्मचारीउपर कारबाही प्रक्रियासमेत सुरु भएको छैन । पीडितले पाउनुपर्ने रकम पनि पाएका छैनन् । क्याम्पसका उपप्राध्यापक केशव पाण्डेका अनुसार त्यहाँ अध्ययनरत विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्दा परीक्षण गरेको उत्तरपुस्तिका तथा परीक्षासँग सम्बन्धित अन्य कामबापतको रकम लेखा शाखाका कर्मचारीले आफैँ लिने गरेका थिए ।

प्राध्यापकले पाउनुपर्ने रकमको चेक बनाउने तर समयमा नदिने र चेक साट्ने मिति सकिएपछि कर्मचारी आफैँले किर्ते हस्ताक्षर गरेर साट्ने गरेका छन् । उनले आफ्नो पनि थुप्रै रकम यसरी नै साट्ने गरेको क्याम्पसको आर्थिक कारोबार लेखापरीक्षण गर्ने क्रममा पत्ता लागेको बताए ।

आर्थिक कारोबार अपारदर्शी देखेर लेखापरीक्षण गर्ने कर्मचारीले छानबिन समिति गठन गरेर मात्रै यो विषय सल्टाउनुपर्ने बताएपछि क्याम्पस आफैँले उपप्राध्यापक राधादेवी घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर घिमिरे संयोजक रहेको आन्तरिक समितिले रकम हिनामिना भएको तर आफूहरूले मात्रै यो विषय टुङ्ग्याउन नसक्ने सुझाव क्याम्पसलाई दिएको थियो ।

आर्थिक कारोबार अपारदर्शी देखेर लेखापरीक्षण गर्ने कर्मचारीले छानबिन समिति गठन गरेर मात्रै यो विषय सल्टाउनुपर्ने बताएपछि क्याम्पस आफैँले उपप्राध्यापक राधादेवी घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर घिमिरे संयोजक रहेको आन्तरिक समितिले रकम हिनामिना भएको तर आफूहरूले मात्रै यो विषय टुङ्ग्याउन नसक्ने सुझाव क्याम्पसलाई दिएको थियो ।

उक्त सुझावपछि क्याम्पसले नै विश्वविद्यालयको रजिष्ट्रार कार्यालयमा थप अनुसन्धान गरिदिन लेखेर पठाएको थियो । क्याम्पसको उक्त अनुरोधपछि रजिष्ट्रार कार्यालयले आर्थिक प्रशासन महाशाखाका आर्थिक उपनियन्त्रक रूपा श्रेष्ठको संयोजकत्वमा अर्को समिति गठन गरेको थियो । उक्त समितिले रजिष्ट्रार कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । तर यस मामलामा दोषी देखिएका कर्मचारीलाई अझै पनि कारबाही गरिएको छैन ।

आर्थिक उपनियन्त्रक श्रेष्ठले भने “यो मामिलामा क्याम्पस प्रशासनको केही कमजोरी रहेको पाइयो । तैपनि यसलाई कसरी सल्टाउन सकिन्छ भनेर हामी लागिरहेका छौँ ।” प्राध्यापकले भने क्याम्पस प्रशासनबाट यसअघि पनि ठुलो रकम हिनामिना भएको र कर्मचारी कारबाहीमा पर्ने डरले प्रतिवेदनै सार्वजनिक नगरिएको आरोप लगाएका छन् ।

नेपाल प्राध्यापक सङ्घ जनप्रशासन क्याम्पस एकाइका अध्यक्ष सुवास शर्माले दुवै छानबिन समितिले प्राध्यापकको पारिश्रमिक, विद्यार्थीका छात्रवृत्तिलगायत अन्य शीर्षकका रकम हिनामिना गरेको विषयमा प्रश्न उठाएको छ । उनले भने, “सबै शीर्षकमा गरेर क्याम्पसबाट १० लाख रुपियाँभन्दा बढी रकम हिनामिना भएको हामीले जानकारी पाएका छौँ । समग्रमा हेर्दा यो विषय त्रिविले मात्रै सल्टाउन सक्ने देखिँदैन ।”

यस विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न प्राध्यापकले विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटालाई भेटेर दोषीलाई कारबाही अनुरोध गरिसकेका छन् । एकाइ अध्यक्ष शर्माले भने, “तर उपकुलपतिले पनि आफूले मात्रै कारबाही गर्न नसक्ने बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै गुहार्नुपर्ने बताउनुभएको छ । तर काम भएको छैन ।” यससम्बन्धमा क्याम्पस प्रमुख डा. हरिभक्त शाहीलाई पटक पटक कोसिस गर्दा सम्पर्क भएन । गोरखापत्रबाट 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट