Techie IT
  • २०८१ वैशाख १२, बुधबार

मुस्ताङमा विशाक्त च्याउ खाँदा १० जना बिरामी


जोमसोम, १० साउन । मुस्ताङको लोघेकर दामोदरकुण्ड—२ घमीमा विशाक्त च्याउ खाँदा १० जना कामदार बिमारी भएका छन्। स्थानीय खेतबारीमा भएको च्याउ संकलन गरी खाँदा मंगलबार रोल्पा र दाङका गरी ८ पुरुष र २ महिला बिरामी परेका हुन्।

उनीहरु रोल्पा र दाङ जिल्लाबाट अस्थायी कामकाजका लागि उपल्लो मुस्ताङको घमी गाउँमा बस्दै आइरहेका थिए। खेतबारीको च्याउ खाएर बिरामी परेका मध्ये एक जनाको अवस्था गम्भीर रहेको र अरुको स्वास्थ्य अवस्था सामान्य रहेको मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन विशाल तिवारीले जानकारी दिए।

विशाक्त च्याउ खाँदा रोल्पाका कामदारहरु क्रमशः ३७ वर्षीय प्रकाश घर्तीमगर,३९ वर्षीय कुमार रोकाया मगर,२८ वर्षीय कुमार पुन,३५ वर्षीय रामु रोकाया मगर,१९ वर्षीया कल्पना घर्ती मगर,२२ वर्षीय बागबिर घर्तीमगर र २९ वर्षीय चन्द्र घर्ती मगर छन्। यस्तै दाङका कामदार ३९ वर्षीया बिरबहादुर कुमाल, २५ वर्षीय विकास कुमाल र ३३ वर्षीय बेलमान घर्तीमगर रहेको मेसु तिवारीले बताए।

विशाक्त च्याउ खाएर बिरामी परेपछि उनीहरुलाई उपचारका लागि मंगलबार राती अस्पताल भर्ना गरिएको थियो। च्याउ खाएर बिरामी परेकाहरुलाई आँखा धमिलो हुने,पखला लाग्ने,उल्टी हुने,काम्ने,जाडो हुने र पसिना बग्ने समस्या देखिएको थियो।

च्याउ खाएर बिरामी परेका सबै जनाको उपचार र खान बस्नको व्यवस्था समेत निशुल्क अस्पतालले व्यवस्था मिलाएको मेसु तिवारीले उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट