Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

सोलुखुम्बुमा एक महिलाको हत्या


सोलुखुम्बु, १२ जेठ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा शव भेटिएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए। उनका अनुसार मृतक राईको जिउभरी चोट रहेको छ । प्रहरीका अनुसार राइका श्रीमान् यस अघि नै बितिसकेका र छोराछोरी अध्ययनका लागि काठमाण्डौमा छन् ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


ताजा अपडेट