सर्लाहीमा हावाहुरीले घर भत्किँदा एक वृद्धाको मृत्यु

सर्लाही, १२ जेठ । सर्लाहीमा बिहीबार साँझ आएको हावाहुरीले घर भत्किँदा एक वृद्धाको मृत्यु भएको छ।
हावाहुरीले भत्काएको आफ्नै घरले थिच्दा ब्रह्मपुरी गाउँपालिका–२ की ६५ वर्षीया सावित्रीदेवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीबाट जोगिन घरभित्र बसेका बेला घर नै भत्किँदा घटना भएको हो।
टाउको र छातीमा चोट लागेर गम्भीर घाइते भएकी साहलाई उपचारका लागि प्रादेशिक अस्पताल (मलंगवा) लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #death
प्रतिक्रिया