Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी


तनहुँ, १२ जेठ । तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन्।

व्यास नगरपालिका–५ चिन्तुटार बस्ने वर्ष ७२ को शुकबहादुर गुरुङ, उनकी श्रीमती वर्ष ६० की मीनमाया तामाङ गुरुङ र छोरा वर्ष ३२ को थमन गुरुङ बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

बिरामी भएपछि तीन जनाको दमौली स्थित दमौली अस्पतालमा उपचारको लागि ल्याइएको थियो। वर्ष ७२ का शुकबहादुरलाई थप उपचारको लागि बिहीबार दिउँसो स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरा पठाएको र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रनाउ खाणले बताए।

बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरु तीनै जना बिरामी परेको खाणको भनाइ छ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, गण्डकी प्रदेश
ट्याग : #chyau, #mushroom

प्रतिक्रिया


ताजा अपडेट