Techie IT
×
गृहपृष्ठसमाचारकोरोनाको निहुँमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएन, महासंघले आन्दोलन गर्ने

कोरोनाको निहुँमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएन, महासंघले आन्दोलन गर्ने


काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले सञ्चार गृहहरुले कोरोनाको कारण देखाएर श्रमजीवी पत्रकार ऐनविरुद्ध गतिविधि गरेको भन्दै आन्दोलन गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको मङ्गलबार बसेको बैठकले सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्कासन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ ।

विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य गरेको भन्दै आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए । साथै एक हप्तासम्म समस्या समाधान नभएमा आन्दोलन गर्ने निर्णय गरेको उनले बताए ।

श्रमजीवी पत्रकारको पेसागत रक्षाको लागि हुने आन्दोलनलाई सफल बनाउन महासङ्घले सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसिएट संस्थासहित सञ्चार सम्बद्ध सबै सङ्घ–संस्थालाई आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार