समयबद्ध साप्ताहिक १६ औँ वर्षमा

यो अंकदेखि समयबद्ध साप्ताहिक १६ औँ वर्षमा प्रवेश गरेको छ । जनपक्षीय पत्रकारितामार्फत समाजमा भएका बिक्रिति, विसंगति, भ्रष्टाचार, विभेद र अनियमितताको पर्दा उघारेर संविधान, कानूनको परिपालनामा सदैब खबरदारी गर्ने हाम्रो अभियान जारी छ । यसबिचमा हाम्रो यात्रालाई अगाडि बढाउन सहयोग गर्ने पाठक, विज्ञापनदाता, बितरक, लेखक, शुभचिन्तक सबैप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछौँ । तपाइँहरु सबैको साथ, सहयोग र सहकार्यले हाम्रो यात्रा यहाँसम्म आइपुग्न सकेकोममा हामी गौरवान्बित छौंँ । यो साथ र सहयोग जारी रहने विश्वास लिएका छौंँ ।
देशमा पछिल्लो समय छापा सञ्चारमाध्यमहरु, त्यसमा पनि साप्ताहिक पत्रिकाहरु बिस्तारै सुक्दै र बन्द हुँदै गएको अवस्थामा जनतामा सूचना, चेतना, जारण, अभिप्रेरण फैलाउने हाम्रो अभियान जारी छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ र त्यसको सिथिलताले नेपाली विज्ञापन बजारमा उत्पन्न आर्थिक मन्दीका बावजुद हामी बिभिन्न आरोह अवरोह पार गर्दै मुनाफा अर्जनभन्दा पनि सामाजिक उत्तरदायीत्व बहन गर्दै आवाज बिहीनहरुका आवाज बुलन्द पार्ने अभियानमा अगााडि बढिरहेका छौंँ ।
विशेषगरी न्यू मिडियाको एक अंग मानिने केही अनलाइन सञ्चारमाध्यमहरुले अहिले जनतामा जवर्जस्त नकारात्मक सन्देश पैदा गरेका छन् । मिथ्या, गलत, तथ्यहीन र भ्रमपूर्ण समाचारले मानिसहरुमा अग्रगामी, चेनशील विचार निर्माणमा भ्रम सिर्जना गरिरहेको छ । कसैको चरित्र हत्या र क्षणिक व्यक्तिगत स्वार्थपूर्तिका लागि पत्रकारिताको दुरुपयोग गरिनु हुँदैन भन्नेमा हामी सचेत छौँ । समग्र पत्रकारिता जगतले गर्नुपर्ने प्रमुख दायीत्व भनेकै समाजसेवा हो । तर यसो भन्दैमा हामी विज्ञापन छाप्दैनौँ भन्ने होइन । विज्ञापन पनि कस्ता र कति मात्रामा छाप्ने? यसमा हामी चनाखो छौंँ । समाचारको गुणस्तरीयता हुनुपर्छ भन्नेमा पनि हामी स्पस्ट छौँ । साप्ताहिक पत्रिकाले लेख्ने भनेको समसामयीक विश्लेषणात्मक समाचार, लेख र सुझावसहितको अलोचना हो । यसमा हामी दृढ छौँ
नेपाली जनताको संघर्षपूर्ण बदिनानबाट आज देशले संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक, धर्मनिरपेक्षता, समावेशीता जस्ता उपलब्धिहरु हाँसिल गरेको छ । संविधानतः देश समाजवादउन्मुख छ । तर अझै पनि २०७२ सालमा जारी भएको संविधान पूर्ण कार्यान्वयन हुन सकिरहेको छैन । कतिपय संघीय तथा प्रादेशीक कानुनहरु निर्माणकै क्रममा छन् । समाजमा अझै विभेद, छुवाछुत, दाइजो प्रथा, बोक्सी प्रथा, हत्या, हिंसा, बलात्कार, गरिवी, अशिक्षा, बेरोजगारी, भ्रष्टाचार लगायतका कैयौँ अन्धविश्वासहरु व्याप्त छन् । यी सबै कुप्रथाकाविरुद्ध सम्झौताहीन यात्रामा लागिरहने प्रँण, विश्वास र हिम्मत हामीमा छ । जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका लागि हामी हरहमेशा खबरदारी गरिनैं रहने छौंँ ।
विशेषगरी न्यू मिडियाको एक अंग मानिने केही अनलाइन सञ्चारमाध्यमहरुले अहिले जनतामा जवर्जस्त नकारात्मक सन्देश पैदा गरेका छन् । मिथ्या, गलत, तथ्यहीन र भ्रमपूर्ण समाचारले मानिसहरुमा अग्रगामी, चेनशील विचार निर्माणमा भ्रम सिर्जना गरिरहेको छ । कसैको चरित्र हत्या र क्षणिक व्यक्तिगत स्वार्थपूर्तिका लागि पत्रकारिताको दुरुपयोग गरिनु हुँदैन भन्नेमा हामी सचेत छौँ । समग्र पत्रकारिता जगतले गर्नुपर्ने प्रमुख दायीत्व भनेकै समाजसेवा हो । तर यसो भन्दैमा हामी विज्ञापन छाप्दैनौँ भन्ने होइन । विज्ञापन पनि कस्ता र कति मात्रामा छाप्ने? यसमा हामी चनाखो छौंँ । समाचारको गुणस्तरीयता हुनुपर्छ भन्नेमा पनि हामी स्पस्ट छौँ । साप्ताहिक पत्रिकाले लेख्ने भनेको समसामयीक विश्लेषणात्मक समाचार, लेख र सुझावसहितको अलोचना हो । यसमा हामी दृढ छौँ ।
अन्त्यमा, राज्यले तय गरेको समाजवादको बाटोमा लाग्न सयमबद्ध साप्ताहिकले अन्धभक्त नभई आगामी दिनमा पनि आलोचानात्मक इट्टा थप्दै जाने प्रतिबद्धतासहित फेरिपनि सबै पाठक, लेखक, विज्ञापनदाता, बितरक, शुभचिन्तक र सहयोगीहरुहरुलाई हार्दिक धन्यवाद, हार्दिक आभार !
क्याटेगोरी : बिचार, समाचार, साहित्य
ट्याग : #samayabaddha
प्रतिक्रिया