पत्रकारहरूको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

काठमाडौं, ७ जेठ । पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउन न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई सिफारिस गरेको छ। आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार एक सय २५ बनाउन सिफारिस गरिएको हो।
मन्त्री शर्माले यो प्रस्तावलाई मन्त्रिपरिषद् बैठकमा लाने बताएकी छिन्। ‘मन्त्रालयमा आन्तरिक छलफल गरेर यो प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजान्छु,’ मन्त्री शर्माको भनाई उदृत गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका एक सदस्यले बताए ।
यदि मन्त्रिपरिषद्बाट पारित भए आगामी आर्थिक वर्षदेखि उक्त सिफारिस अनुसार पारिश्रमिक तोकिने छ। पाँचौ तहको ३७ हजार ५३८ रुपियाँ र वरिष्ठ सम्वाददाता, भाषा सम्पादक र सहायक सम्पादक वा सो सरहको तलव ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्तावित छ । यस्तै, कार्यालय सहयोगीको तलब २५ हजार २०० कायम गरिएको छ । कार्यालय सहायकको २७ हजार ७२० रूपियाँ प्रस्तावित छ ।
यसअघि पत्रकारको न्यूनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो । यसअघि पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार ६ सय तोकिएको थियो।
क्याटेगोरी : समाचार, साहित्य
ट्याग : #journalists
प्रतिक्रिया