Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशपर्वतको पहिरोमा ज्यान गुमाउनेहरुको सामूहिक अन्त्येष्टि

पर्वतको पहिरोमा ज्यान गुमाउनेहरुको सामूहिक अन्त्येष्टि


पर्वत, २ असार । कुश्मा नगरपालिका वडा नम्बर ३, दुर्लुङ ढकालबारीमा शनिबार रातिको पहिरोमा परेर ज्यान गुमाएका ८ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।

उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुई जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा अन्त्येष्टि गरिएको हो । पर्वतको मोदीवेणीमा ६२ वर्षीय तुलबहादुर थापा र उनकी श्रीमती ५८ वर्षीया मिनकुमारी थापालाई एउटै चितामा तथा नाति सम्राट, नातिनी बिबिसालाई छुट्टाछुट्टै चितामा अन्त्येष्टि गरिएको हो ।

त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी ८ वर्षीया जेनिशा विकलाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको थियो ।

अम्मरबहादुर थापाले बावुआमा तुलबहादुर दम्पती तथा छोराछोरी सम्राट र बिबिसालाई दागबत्ती दिएका थिए । त्यसैगरी कमला विक र उनकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिए ।

पहिरोमा एकै घरका ६ जनासहित ८ जनाको ज्यान गएको थियो भने बेपत्ता १३ वर्षीय जेनिश विकको अझै पत्तो लाग्न सकेको छैन ।


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश, समाचार
ट्याग : #landslide


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार